काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
गत वर्षको असार मसान्तसम्मा बैंकले ३ अर्ब ७० करोड खुद नाफा आर्जन गर्न सफल भएको छ । यो अघिल्लो वर्षको सोहि अवधिको तुलानामा १०.०७ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले ३ अर्ब ३६ करोड खुद नाफा आर्जन गरेको थियो ।
बैंकले गत आवमा ७ अर्ब ६६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ७ अर्ब ४१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
समिक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा पनि अघिल्लो वर्षमा रहेको ४ अर्ब ८१ करोड रुपैयाँबाट बढेर ५ अर्ब ६० करोड पुगेको छ ।
त्यस्तै, बैंकको खुद ब्याज आम्दानी ७ अर्ब ४१ करोड रुपैयाँबाट बढेर ७ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ ।
बैंकको चुक्तापुँजी ११ अर्ब ७६ करोड रूपैयाँ रहेको छ ।
समिक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ५१ करोड रूपैयाँ रहेको छ । अघिल्लो वर्षको सोहि अवधिमा बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ११ करोड रूपैयाँ रहेको थियो ।
बैंकको खराब कर्जा ०.७१ प्रतिशत रहेको छ । समीक्षा अवधिसम्म बैंकले २ खर्ब ३२ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ७९ अर्ब बढी कर्जा परिचालन गरेको छ ।
बैंकको प्रतिसेयर आम्दानी ३१.४५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ३३६.०६ रुपैयाँ रहेको छ ।