कुमारी बैंकको नाफा ३४५.६७ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

गत आर्थिक वर्षको असार मसन्तसम्ममा बैंकले २ अर्ब ३० करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलानामा ३४५.६७ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले ५१ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकले १० अर्ब ९८ करोड ६८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो अघिल्लो आवको तुलानामा ०.७२ प्रतिशतले कम हो । बैंकले अघिल्लो वर्षको सोहि अवधिमा ११ अर्ब ६ करोड ६१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको कुल सञ्चालन आम्दानी ५.९६ प्रतिशतले बढेर १३ अर्ब ८३ करोड ६२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा बैंकले १३ अर्ब ५ करोड ७६ लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको थियो ।

बैंकको इम्पेयरमेन्ट चार्ज ८ अर्ब ११ करोड ५८ लाख रुपैयाँबाट घटेर ३ अर्ब ५६ करोड ४२ लाख रुपैयाँमा झरेको छ । बैंकको सञ्चालन नाफा ३०५.९४ प्रतिशतले बढेर ३ अर्ब ९० करोड ३६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा बैंकको सञ्चालन नाफा ९६ करोड १६ लाख रुपैयाँ रहेको थियो ।

बैंकको खुद सञ्चालन आम्दानी १०७.८६ प्रतिशतले बढेर १० अर्ब २७ करोड २० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकको खुद सञ्चालन आम्दानी ४ अर्ब ९४ करोड १८ लाख रुपैयाँ थियो ।

समिक्षा अवधिमा बैंकको खराब कर्जा ०.०१ प्रतिशतले घटेर ४.९५ प्रतिशतमा झरेको छ भने आधारदर २.०१ प्रतिशतले घटेर ८.८९ प्रतिशत कायम भएको छ ।

बैंकको वितरणयोग्य नाफा ३ अर्ब ७८ करोड ८९ लाख रुपैयाँ ऋणात्मक रहेको छ । त्यस्तै, बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा बैंकको रिजर्भको आकार २९.८७ प्रतिशतले बढेर १४ अर्ब ६६ करोड ४३ लाख रुपैयाँ गुगेको छ । त्यस्तै, रिटेन्ड अर्निङमा ३ अर्ब ७८ करोड ८९ लाख रुपैयाँ ऋणात्मक छ ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ६.८३ रुपैयाँले बढेर ८.८ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १४१.४७ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स