एभरेष्ट बैंकले ३० प्रतिशतसम्म लाभांश बाँड्न सक्ने, अन्यको के छ अवस्था ?

काठमाडौं । देशमा सञ्चालित २० वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै लाभांश एभरेष्ट बैंकले दिने भएको छ । बैंकले गत आर्थिकको मुनाफाबाट २९.८६ प्रतिशत लाभांश दिने क्षमता बनाएको हो । अघिल्लो आर्थिक वर्षमा पनि एभरेष्ट बैंकले नै सबैभन्दा बढी लाभांश वितरण गरेको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ३८.४२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

बढी लाभांश दिने दोस्रो बैंकमा स्ट्याण्र्डर्ड चार्टर्ड परेको छ । बैंकले गएको आर्थिक वर्ष गरेको नाफाबाट २६.५ प्रतिशत लाभांश बाड्न सक्ने देखिएको हो । अघिल्लो आवमा बैंकले सेयरधनीलाई २८.७५ प्रतिशत लाभांश दिएको हो ।

गत आवमा सबैभन्दा बढी नाफा कमाएर पहिलो बैंक बनेको नबिलको लाभांश वितरण क्षमता भने तेस्रो नम्बरमा परेको छ । नबिल बैंकले गत आवको नाफाबाट १४.२६ प्रतिशत लाभांश दिने भएको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा ११.७८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

नेपाल एसबिआई बैंकले गत आवमा १०.७६ प्रतिशत लाभांश दिने क्षमता बनाएको छ । बैंकले अघिल्लो आवमा १०.५८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

सानिमा बैंकले पनि गत आवको नाफाबाट १०.४ प्रतिशत लाभांश दिने भएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको सञ्चित मुनाफाबाट १७.७८ प्रतिशत लाभांश वितरण गरेको थियो । सानिमा बैंकको लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा २.३८ प्रतिशतले घटेको हो ।

गत आर्थिक वर्षमा लाभांश वितरण गर्ने क्षमता नै नराखेको कृषि विकास बैंक र प्राइम कमर्शियलले गत आवमा भने क्रमशः ८.१३ प्रतिशत र ६.१८ प्रतिशत लाभांश दिने क्षमता बनाएको छ ।

लक्ष्मी सनराइज बैंकले नाफा राम्रो गरेपनि लाभांश दिने क्षमता भने अघिल्लो आवको तुलनामा खस्किएको छ । अघिल्लो आवमा ७.९८ प्रतिशत लाभांश वितरण गरेको लक्ष्मी सनराइज बैकले गतमा भने ५.५५ प्रतिशत लाभांश वितरण गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैकले ७.९८ प्रतिशत लाभांश वितरण गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा लाभांश वितरण नै गर्न नसकेको नेपाल बैंकले गत आर्थिक वर्षमा ५.२४ प्रतिशत लाभांश वितरण गर्ने क्षमता बनाएको छ ।

प्रभु बैंकले ५.२ प्रतिशत लाभांश दिने क्षमता बनाएको छ ।

गत आवमा सिटिजन्स बैंकले ४.३४प्रतिशत लाभांश वितरण ष्र्ने क्षमता राखेको छ । अघिल्लो आर्थिक वर्षकोभन्दा बैंकको लाभांश वितरण गर्ने क्षमता घटेको हो ।अघिल्लो आर्थिक वर्षमा बैंकले सेयरधनीलाई ५.९६ प्रतिशत लाभांश दिएको थियो ।

माछापुच्छ्रे बैंकको लाभांश क्षमता पनि घटेको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा १४.१२ प्रतिशत लाभांश वितरण गरेकोमा गत आवको नाफाबाट ४.०१ प्रशित लाभांश दिने भएको छ ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले पनि गत आवको नाफाबाट ३.७२ प्रतिशत लाभांश दिने क्षमता बनाएको छ भने बढी नाफा कमाउने दोस्रो ठूलो बैंक ग्लोबल आईएमईले ३.०६ प्रतिशत लाभांश दिने भएको छ ।

सिद्धार्थ बैंक र एनएमबि बैंकको लाभांश लिने क्षमता १ प्रतिशत र ३ प्रतिशतको हाराहारीमा रहेको छ । सिद्धार्थ बैंकले गत आवको नाफाबाट आफ्ना सेयरधनीलाई २.६ प्रतिशत र एनएमबि बैंकले १.३ प्रतिशत लाभांश दिने भएको छ ।

हिमालयन र कुमारी बैंकको भने गत आवको नाफाबाट यस वर्ष लाभांश दिने क्षमता नै बनाउन नसकेका हुन् । अघिल्लो आवमा पनि यी दुई बैंकले सेयरधनीलाई खुशी पार्न सकेका थिएनन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स