काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ५ अर्ब १९ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.७१ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
समीक्षा अवधमिा बैंकको खुद ब्याज आम्दानी २२.०२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ११.१७ प्रतिशत बढेको छ। बैंकको कुल सञ्चालन आम्दानी १९.६५ प्रतिशत र सञ्चालन मुनाफा २१.६२ प्रतिशत बढेको छ।
बैंकको वितरणयोग्य मुनाफा भने ३ अर्ब ४३ करोड रुपैयाँ ऋणात्मक रहेको छ।
बैंकको जगेडा कोषमा २७ अर्ब १३ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप १३.८३ प्रतिशत बढेको छ भने कर्जा १.५४ प्रतिशत मात्र बढेको छ।
बैंकको प्रतिसेयर आम्दानी ४.३३ रुपैयाँ बढेर १५.२३ रुपैयाँ पुगेको छ। बैंकको प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.५ गुणा रहेको छ।
बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड रुपैयाँ रहेको छ।