नेपालमा बैंकको वित्तिय रिर्पोट खस्कियो , नाफा १ अर्ब ६५ करोड

काठमाडौं । नेपाल बैंक लिमिटेडको वित्तिय प्रतिवेदन खस्किएको छ । नाफा नेपाल बैंकले गत आर्थिक वर्ष २०८० /८१ मा १ अर्ब ६५ करोड ६८ लाख रुपैयाँ नाफा गरेको हो ।

यस बैंकले अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ४३ करोड ७५ लाख रुपैयाँ खुद नाफा गरेको थियो । बैंकले आज प्रकाशित गरेको वित्तिय प्रतिवेदन अनुसार बैंकको खुद ब्याज आम्दानी ८ अर्ब ८० करोड २१ लाख रुपैयाँ रहेको छ ।

गत वर्ष बैंकले २ खर्ब ८३ अर्ब ८ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५७ अर्ब ३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको जगेडा कोषमा २२ अर्ब ३८ करोड रुपैयाँ सञ्चित रहेको छ । बैंकको वितरणयोग्य नाफा ७६ करोड ९३ लाख रुपैयाँ रहकेो छ । यस्तै, बैंकको खराब कर्जा ३दशमलव २८ प्रतिशत पुगेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ११ दशमलव २८ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ २५७ दशमलव ५७ रुपैयाँ रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स