प्राइम कमर्सियल बैंकको नाफा २६७.१९ प्रतिशतले बढी, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

बैंंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ३ अर्ब ७७ करोड रुपैयाँ खुद नाफा आर्जन छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २६७.१९ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधीमा बैंकको खुद ब्याज आम्दानी १२.१६ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३१.४५ प्रतिशत बढेको छ। बैंकको कुल सञ्चालन आम्दानी १५.५३ प्रतिशत र सञ्चालन मुनाफा १७७.३१ प्रतिशत बढेको छ।

बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब १९ करोड रुपैयाँ र वितरणयोग्य प्रतिसेयरआम्दानी ६.१८ रुपैयाँ रहेको छ।

बैंकको जगेडा कोषमा ११ अर्ब ५२ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप २१.३६ प्रतिशत बढेको छ भने कर्जा १८.५८ प्रतिशत बढेको छ।

बैंकको प्रतिसेयर आम्दानी १४.१५ रुपैयाँले बढेर १९.४५ रुपैयाँ पुगेको छ। त्यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १५९.४१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.४० गुणा रहेको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स