काठमाडौं । हिमालयन बैंकले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
बैंकले गत वर्षको असारमसान्त सम्ममा २ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आवको तुलानामा ८१.६० प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले १ अर्ब ५६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी ११ अर्ब ६१ करोड रुपैयाँ गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ९ अर्ब ९२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
समिक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी पनि १३.५३ प्रतिशतले बढेर १३ अर्ब १४ करोड ४८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले ११ अर्ब ५७ करोड ७८ लाख कुल सञ्चालन आम्दानी गरेको थियो ।
समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ५ अर्ब ७८ करोड ४६ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।
गत वर्ष बैंकको खराब कर्जा ०.०२ प्रतिशतले घटेर ४.९१ प्रतिशतमा झरेको छ भने आधारदर १.७८ प्रतिशतले घटेर ९.०८ प्रतिशत कायम भएको छ ।
बैंकले गत आर्थिक वर्षमा २ खर्ब ९३ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३२ अर्ब ७१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
गत असारसम्म बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड रुपैयाँ र जगेडा कोष २२ अर्ब ४३ करोड रुपैया सञ्चित छ ।
बैंकको प्रतिसेयर आम्दानी १३.१० रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १७६.९० रुपैयाँ रहेको छ ।