एनएमबी बैंकको नाफामा ठूलो गिरावट, अन्य सूचक कस्तो रह्यो ?

काठमाडौं । एनएमबी बैंकको नाफामा गिरावट भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा खुद नाफा ८९ करोडले घटेको हो ।

बैंकले आज प्रकाशित गरेको वित्तिय विवरण अनुसार गत आर्थिक वर्ष २०८० ।८१ मा २ अर्ब ३३ करोड ६५ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्ष ३ अर्ब २२ करोड २५ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

बैंकले गत आर्थिक वर्षमा कुल २ खर्ब २३ अर्ब ९४ करोड र कर्जा लगानी १ खर्ब ९४ अर्ब ३३ करोड रुपैयाँ प्रवाह गरेको छ । वितरणयोग्य नाफा २३ करोड रुपैयाँ रहेको छ ।

बैंकको खुद ब्याज आम्दानी ७ अर्ब ४९ करोड ७० लाख रुपैयाँ रहेको छ ।

बैंकको खराब कर्जा अनुपात ३ दशमलव २७ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी १२ दशमलव ७२ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ २७ पैसा रहेको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स