लक्ष्मी सनराइज बैंकको नाफा ३२.७९ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ?

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

बैंकले गत आवको असार मसान्तसम्ममा ३ अर्ब ३ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्ष तुलनामा ३२.७९ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब २८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकले ११ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १०३.९७ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले ५ अर्ब ५८ करोड ६६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

गत वर्ष बैंंकको संचालन नाफा ४ अर्ब ४५ करोड ४९ लाख रुपैयाँ गरेको छ । यो अघिल्लो आवको तुलानामा ३५.९९ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंंकले संचालन नाफा ३ अर्ब २७ करोड ६० लाख रुपैयाँ गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा भने १ अर्ब २८ करोड रुपैयाँ र खराब कर्जा २.९१ प्रतिशतबाट बढेर ४।७२ प्रतिशत पुगेको हो । यसअवधिमा कम्पनीको चुक्तापुँजी २३ अर्ब १८ करोड रुपैयाँ, बैंकको जगेडा कोषमा १७ अर्ब ५७ करोड रुपैयाँ सञ्चित, निक्षेप ११.०३ प्रतिशत बढेको छ भने कर्जा १.०१ प्रतिशत मात्र बढेको छ।

बैंकको प्रतिसेयर आम्दानी २.५४ रुपैयाँले बढेर १३.९ रुपैयाँ पुगेको छ। त्यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १७५.८० रुपैयाँ र मूल्य आम्दानी अनुपात १३.३७ गुणा रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स