एनआईसी एशिया बैंकको नाफा १ अर्ब ३८ करोड, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । एनआईसी एशिया बैंकले गत आर्थिक वर्ष २०८0/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

बैंकले गत आवको असार मसान्तसम्ममा १ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आवको सोहि अवधिको तुलनामा ६८.९१ प्रतिशतले कम हो । अघिल्लो आवमा बैंकले ४ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा बैंकले १० अर्ब ६१ करोड ७१ लाख रुपैयाँमा खुद ब्याज आम्दानी गरेको छ । यो गत आवको तुलानामा १३.३९ प्रतिशतले कम हो । अघिल्लो आवमा बैंकले १२ अर्ब २५ करोड ८८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको कुल सञ्चालन आम्दानी १२.३६ प्रतिशतले घटेर १३ अर्ब १६ करोड ९३ लाख रुपैयाँमा झरेको छ । अघिल्लो आवको सोहि अवधिमा बैंकले १५ अर्ब २ करोड ६७ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

बैंकको इम्पेयरमेन्ट चार्ज भने २९३.९७ प्रतिशतले बढेर २ अर्ब ८४ करोड ४३ लाख रुपैयाँ पुगेको छ ।

गत वर्ष बैंकको वितरणयोग्य नाफा २ अर्ब ३० करोड ४० लाख रुपैयाँ ऋणात्मक रहेको छ । बैंकको खराब कर्जा १.६३ प्रतिशतले बढेर १.७४ प्रतिशत कायम भएको छ ।

समिक्षा अवधिमा बैंकको चुक्ता पुँजी २९ प्रतिशतले बढेर १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ रहेको छ । रिजर्भको आकार २२.८३ प्रतिशतले बढेर १७ अर्ब ५५ करोड ५५ लाख रुपैयाँ पुगेको छ ।

गत वर्ष बैंकको रिटेन्ड अर्निङमा २ अर्ब ३० करोड ४० लाख रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्ष बैंकले २ खर्ब ७२ अर्ब ९ करोड ९३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ भने ३ खर्ब ५४ अर्ब ५१ करोड १८ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २९.१८ रुपैयाँले घटेर ९.२६ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ २०२.२४ रुपैयाँ रहेको छ । बैंकको रिजर्भ कोषमा १५ अर्ब २५ करोड रुपैयाँ सञ्चित छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स