प्रभु बैंकको नाफामा उल्लेख्य वृद्धि, अन्य सूचकांक कस्तो ?

काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ४८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले कमाएको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४९९.०४ प्रतिशत बढी हो।

बैंकले अघिल्लो आर्थिक वर्षमा २ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। गत आवको प्रकाशित वित्तीय विवरण बैंकको खुद नाफामा उल्लेख्य वृद्धि देखिएको हो।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको गत आर्थिक वर्ष प्रकाशित विवरण अनुसार अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको इम्पेरिमेन्ट चार्ज २ अर्ब ४३ करोड रुपैयाँ थियो। आर्थिक वर्षमा बैंकको इम्पेरमेन्ट चार्ज ५ अर्ब २१ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १९.४३ प्रतिशत बढेको छ । खुद फि तथा कमिशन आम्दानी १९.९६ प्रतिशत बढेको छ । बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा २०.६७ प्रतिशत बढेको छ।

बैंकको प्रतिसेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १७ रुपैयाँ ८४ पैसा बढेको छ। असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २२ करोड रुपैयाँ रहेको छ।

२३ अर्ब ५४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा १२ अर्ब ८९ करोड रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकको निक्षेप ५.५१ प्रतिशत बढेको छ भने कर्जा ३.८३ प्रतिशत घटेको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स