काठमाडौं । अमेरिकी डलरको भाउले नयाँ रेकर्ड राखेको छ । डलरले मूल्यले नयाँ उचाइ कायम गरेसँगै नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ । नेपाल राष्ट्र बैंकले आज साउन २० गतेका लागि अमेरिकी डलरको बिक्रीदर १३४.३१ रुपैयाँ र खरिददर १३३.६६ रुपैयाँ तोकेको छ । यसअघि डलरको बिक्रीदर १३४.२७ रुपैयाँसम्म पुगेको थियो ।
अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्दा मुलुकको अर्थतन्त्रमा समेत नकारात्मक असर पर्छ ।
विप्रेषण आप्रवाहमा सकारात्मक प्रभाव पर्ने भए पनि अन्य क्षेत्रमा भने नकारात्मक असर पर्नेछ । आयातित वस्तुको भाउ बढ्छ भने नेपालबाट निर्यात हुने मालवस्तुले पनि राम्रो मूल्य पाउँछन् ।
यसको असर मूल्य वृद्धि विदेशी परामर्शदार्तालाई दिनुपर्ने भुक्तानी, राज्यले विदेशी दातृ निकायलाई तिर्नुपर्ने ऋणको सावा तथा ब्याजको भुक्तानीमा समेत नकारात्मक असर पर्नेछ ।
नेपाली मुद्रा र भारतीय मुद्राबीच स्थिर विनिमय दर भएकाले पनि डलरको मूल्यमा असर परेको हो । भारतीय रुपैयाँ कमजोर हुँदा त्यसको असर नेपाली मुद्रामासमेत पर्न गएको छ ।
युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५३ पैसा निर्धारण भएको छ । हिजो पनि युरो यही मूल्यमा कारोबार भएको थियो।
आजले बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ ४६ पैसा र बिक्रीदर १७१ रुपैयाँ २३ पैसा निर्धारण भएको छ।
आज अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ १० पैसा र बिक्रीदर ८७ रुपैयाँ ४९ पैसा निर्धारण भएको छ। त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ७६ पैसा निर्धारण भएको छ ।
बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ७२ र बिक्रीदर ३५६ रुपैयाँ ३१ पैसा निर्धारण भएको छ ।