आज पनि डलरले राख्यो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज शनिबार अमेरिकी डलरको भाउ उच्च रहेको छ । अमेरिकी डलरले आज पनि अहिलेसम्मकै सर्वाधिक महँगो रेकर्ड कायम गरेको छ ।

राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३१ पैसा निर्धारण भएको छ । अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हो।

हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३४ रुपैयाँ २६ पैसा थियो।

युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५३ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४४ रुपैयाँ २४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८९ पैसा थियो।

आज बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ ४६ पैसा र बिक्रीदर १७१ रुपैयाँ २३ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७० रुपैयाँ ६५ पैसा र बिक्रीदर १७१ रुपैयाँ ४२ पैसा थियो।

अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ १० पैसा र बिक्रीदर ८७ रुपैयाँ ४९ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७५ पैसा थियो।

आज कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ७६ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ २७ पैसा र बिक्रीदर ४३९ रुपैयाँ २३ पैसा थियो।

बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ७२ र बिक्रीदर ३५६ रुपैयाँ ३१ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ६० र बिक्रीदर ३५६ रुपैयाँ १९ पैसा थियो।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स