झापाको दुर्गापुरमा प्रभु बैंकको शाखा सञ्चालनमा

काठमाडौं । झापाको कनकाई नगरपालिका–७ मा प्रभु बैंकको दुर्गापुर शाखा सञ्चालनमा आएको छ । दुर्गापुरमा झापाको पाँचौं र देशभरको ३१४ औं शाखाको रुपमा सञ्चालनमा आएको हो । बैंकका सञ्चालक समिति अध्यक्ष लीलाप्रकाश सिटौलाले शाखाको बिहीबार उद्घाटन गरेका छन् ।

कार्यक्रममा कनकाई नगरपालिका नगर उपप्रमुख आशा शर्मा शिवाकोटी, कनकाई–७ का वडाध्यक्ष भिष्मभूषण सिटौला, कनकाई–८ का वडाध्यक्ष लीलाबहादुर कटुवाल, कोटीहवन धार्मिक विकास संस्थाका अध्यक्ष शेरबहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।

सफलताको शुभकामना व्यक्त गर्दै दुर्गापुर शाखाले त्यहाँको जनजीविका उकास्न मद्दत मिल्ने विश्वास व्यक्त गरे । बैंकका कोशी प्रदेश प्रमुख अधिकृत बद्रीकुमार कटुवालले यसक्षेत्रको आर्थिक चलायमान बनाउन बैंक शाखा सञ्चालनमा आएको बताए ।

ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३१४ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३५ लाख भन्दा बढि ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ ।

अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको प्रभु बैंक छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट समेत सम्मानित भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स