राष्ट्र बैंकद्वारा सर्कुलर जारी, संस्थागत लगानीकर्तालाई २० करोड कर्जाको सीमा हट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको पुरानो व्यवस्था संशोधन गरेको छ । राष्ट्र बैंकले आज एक सर्कुलर जारी गर्दै संस्थागत लगानीकर्ताको २० करोडको कर्जाको सीमा हटाएको हो।

योसँगै, अब भने सेयर बजारमा लगानी गर्ने संस्थागत लगानीकर्ताहरुले बैंक तथा वित्तिय संस्थाहरुबाट मागेजति सेयर धितो ऋण लिन सक्नेछन् ।

नेपाल राष्ट्र बैंकले साउन ११ गते ल्याएको मौद्रिक नीतिमा सेयर बजारमै लगानी गर्ने गरि स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि कायम रहेको २० करोडको सिमा हटाउने भनेको थियो । सोही व्यवस्था अनुसार राष्ट्र बैंकले सिमा हटाएर सर्कुलर जारी गरेको हो ।

‘यसअघि संस्थागत लगानकीर्ताका लागि कर्जाको सीमा २० करोड र व्यक्तिगतका लागि १५ करोड थियो । राष्ट्र बैंकले व्यक्तिगतका लागि भने कर्जाको सीमा यथावत् नै राखेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स