निफ्राको १ लाख ८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक सेयरधनी एनआईसी एसिया लघुवित्तको नाममा रहेको १ लाख ८ हजार कित्ता सेयर बिक्रीमा राखिएको हो ।

उक्त सेयर बैंकका विद्यमान संस्थापक, अन्य जो कोही व्यक्ति वा सघं सस्थाले पनि आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न चाहने इच्छुकले आज (साउन १८ गते) बाट ७ दिन भित्र बैंकको रजिष्टर्ड कार्यालय बानेश्वर, काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन दिनु पर्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स