एनआईसी एशिया क्यापिटलद्वारा सञ्चालित ५ वटा म्युचुअल फण्डको लाभांश घोषणा, कसको कति ?

काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ५ वटा म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन् ।

एनआईसी एशिया क्यापिटलको साउन १६ गते बसेको सञ्चालक समितिको बैठकले ५ वटा म्युचुअल फन्डका इकाईधनीहरुलाई गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

बैठकले एनआईसी एशिया सेलेक्ट–३० (इन्डेक्स फण्ड)का लागि १४ प्रतिशत, एनआईसी एशिया फ्लेक्सी क्याप फण्डका लागि १०.५० प्रतिशत, एनआईसी एशिया डाईनामिक डेप्ट फण्डका लागि १० प्रतिशत, एनआईसी एशिया ग्रोथ फण्डका लागि ९.५० प्रतिशत र एनआईसी एशिया ब्यालेन्स्ड फण्डका लागि ९.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

एनआईसी एशिया बैंक कोष प्रवर्द्धक रहेका यी फण्ड डाइनामिक डेप्ट फण्ड खुलामुखी योजना हो भने अन्य सबै म्युचुअल फण्ड बन्दुमुखी योजना हुन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स