काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको सञ्चालकमा डा. पवन कुमार शर्मा नियुक्त भएका छन् ।
बैंकको साउन १४ गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई आज साउन १५ गतेदेखि लागु हुनेगरी सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बैंकले सञ्चालक समितिमा शर्मालाई सर्वसाधारण समूहको तर्फबाट चयन गरेको जनाएको छ ।