आज पनि अमेरिकी डलरको भाउ सर्वाधिक महँगो, अन्यको अवस्था कस्तो ?

काठमाडौं । आज मंगलबार अमेरिकी डलरको भाउ सर्वाधिक महँगोमा स्थिर रहेको छ ।

आज अमेरिकी डलर अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यमा स्थिर रहँदा धेरैजसो विदेशी मुद्राको मूल्य घटबढ् भएको छ।
हिजो जस्तै अमेरिकी डलर आज पनि अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यमा स्थिर छ।

राष्ट्र बैंकले आज अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३४ रुपैयाँ २७ पैसा निर्धारण भएको छ। अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हो। विगत तीन दिनदेखि अमेरिकी डलर यही मूल्यमा कारोबार हुँदै आएको छ।

युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४० पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४५ रुपैयाँ ११पैसा र बिक्रीदर १४५ रुपैयाँ ८० पैसा थियो।

आज बेलायती पाउन्ड १ को खरिददर १७१ रुपैयाँ ६५ पैसा र बिक्रीदर १७२ रुपैयाँ ४२ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८६ पैसा थियो।

अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९२ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९३ पैसा थियो।

आज कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ १६ पैसा र बिक्रीदर ४३९ रुपैयाँ १२ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ४४ पैसा थियो।

बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ६० र बिक्रीदर ३५६ रुपैयाँ २० पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ५६ र बिक्रीदर ३५६ रुपैयाँ १५ पैसा थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स