पुँजीकरणका आधारमा टप टेन कम्पनी, नेपाल टेलिकम पहिलो हुँदा नबिल दोस्रो

काठमाडौं । पछिल्लो केहि दिनयता धितोपत्र दोस्रो बजार चम्कन थालेको छ । सेयर बजार उकालो लाग्दै गर्दा सरकारी स्वामित्वको नेपाल टेलिकमले सबैभन्दा धेरै पुँजीकरण गर्दा नबिल बैंक पुँजीकरण बढी गर्ने दोस्रो कम्पनी बनेको छ ।

आजको सेयर कारोबारबाट नेपाल टेलिकमको १ खर्ब ७४ अर्ब रुपैयाँको पुँजीकरण भएको हो ।

बढी पुँजीकरण गर्ने दोस्रो कम्पनीमा नबिल बैंक परेको छ । नबिल बैंक आज दोस्रो बजारमा भएको सेयर कारोबारबाट १ खर्ब ७१ रुपैयाँ कारोबार भएको हो ।

त्यसैगरी बढी पुँजीकरण गर्ने तेस्रो कम्पनीमा नागरिक लगानी कोष परेको छ । नागरिक लगानी कोषले आजको कारोबारबाट १ खर्ब ३२ अर्ब रुपैयाँ बजार पुँजीकरण भएको छ ।

आजको ग्लोबल आईएमई बैंकको बजार पुँजीकरण ९३ अर्ब ३९ करोड रुपैयाँ भएको छ भने एनआईसी एशिया बैंकको आज ८२ अर्ब ३४ करोड रुपैयाँको बजार पुँजीकरण भएको छ ।

इन्भेष्टमेन्ट मेगा बैंकको ८२ अर्ब २१ करोड रुपैयाँ बजार पुँजीकरण भएको छ भने एभरेष्ट बैंकको आज ७९ करोड ८४ लाख रुपैयाँ बजार पुँजीकरण भएको छ ।

हिमालयन रिइन्स्योरेन्स ६९ अर्ब ६८ करोड रुपैयाँ बजार पुँजीकरण भएको छ भने स्टयाण्डर्ड चार्टर्ड बैंकको बजार पुँजीकरण ६७ अर्ब ७० करोड रुपैयाँ पुगेको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स