काठमाडौं । आज शनिबार अमेरिकी डलरले नयाँ रेकर्ड कायम राखेको छ । आज कारोबार भएको अमेरिकी डलरको भाउ हालसम्मकै अत्यधिक महँगो हो ।
राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३४ रुपैयाँ २७ पैसा निर्धारण भएको छ। अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हो।
हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ६२ पैसा र बिक्रीदर १३४ रुपैयाँ २२ पैसा थियो।
बिहीबार अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३४ रुपैयाँ २६ पैसा थियो। हिजो केही घटेको अमेरिकी डलरको मूल्यले आज फेरि अहिलेसम्मकै उच्च रेकर्ड बनाएको हो।
युरोपियन युरो १ को खरिदर १४५ रुपैयाँ ११ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७६ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४४ रुपैयाँ ९९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६४ पैसा थियो।
आज बेलायती पाउन्ड १ को खरिददर १७१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १७२ रुपैयाँ ७५ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८१ पैसा थियो।
अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०५ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ १५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५४ पैसा थियो।
कुवेती दिनार १ को खरिददर ४३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर ४३८ रुपैयाँ ९१ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ १५ पैसा र बिक्रीदर ४३९ रुपैयाँ १२ पैसा थियो।
बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ५७ र बिक्रीदर ३५६ रुपैयाँ १६ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ४९ र बिक्रीदर ३५६ रुपैयाँ ०८ पैसा थियो।