काठमाडौं । सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि राष्ट्र बैंकले सरकारलाई सहयोग तथा समन्वय गर्ने भएको छ । राष्ट्र बैंकले आज शुक्रबार चालु आवको मौद्रिक नीति सार्वजनिक गर्दै सहकारी बचतकर्ताको ५ लाख रुपैयाँसम्मको रकम फिर्ता गर्ने व्यवस्था कार्यावन्यनको गर्न सहजीकरण गर्ने भएको हो ।
सहकारीमा रकम जम्मा गरेको रकम जोखिममा परेर अप्ठ्यारोमा परेका बचतकर्ताले ५ लाख रुपैयासम्म फिर्ता पाउने व्यवस्था मिलाउन राष्ट्र बैंकले भुमिका खेल्ने भएको छ ।
‘सरकारको २०८१/८२ को बजेट वक्तव्यमा उल्लेख भएको बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधानका लागि समस्याग्रस्त सहकारीका सञ्चालक र एकाघरको परिवारको सदस्यका नाममा रहेको सम्पत्तिको धितोको सुरक्षणमा ५ लाख रुपैयाँसम्मका बचतकर्ता सदस्यको रकम फिर्ता गर्ने व्यवस्था कार्यान्वयनका लागि नेपाल सरकारलाई सहजीकरण गरिनेछ’, चालु आवको मौद्रिक नीतिमा भनिएको छ ।