निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जाको लक्ष्य १२.५ प्रतिशत

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि निजी क्षेत्रमा जाने कर्जा प्रवाह १२.५ प्रतिशत बढाउने लक्ष्य लिएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज चालु आवको मौद्रिक नीति सार्वजनिक गर्दै निजी क्षेत्रतर्फ १२.५ प्रतिशतले वृद्धि हुने लक्ष्य राखेका हुन् ।

राष्ट्र बैंकले लिएको कर्जा प्रवाहको लक्ष्य पुरा हुने नेपाल बैकर्स संघका उपाध्यक्ष सन्तोष कोइरालाले बताए । ‘मौद्रिक नीति सहज आएको छ’, उनले भने ‘राष्ट्र बैंकले लिएको लक्ष्यअनुसार कर्जा प्रवाह गर्न कुनै अप्ठ्यारो पर्दैन ।

नीतिगत दर घटाउँदै राष्ट्र बैंकले निजी क्षेत्रतर्फ कर्जा विस्तार १२.५ प्रतिशत कायम गरेको हो । मुद्रास्फिति ५.५ प्रतिशतमा कायम गर्ने लक्ष्य लिइएको अधिकारीले बताए ।

आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति निक्षेप संकलन दर ३ प्रतिशतमा यथावत राखिएको छ भने विस्तृत मुद्राप्रदाय १२ प्रतिशत हासिल हुने लक्ष्य लिइएको छ । सीआरआर तथा एसएलआरलाई यथावत राखिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स