काठमाडौं । आज बिहीबार अमेरिकी डलरको मूल्य यथावत रहेको छ । हिजो कारोबार भएको अमेरिकी डलरको भाउ हालसम्मकै अत्यधिक महँगो हो ।
राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३४ रुपैयाँ २६ पैसा निर्धारण भएको छ । अमेरिकी डलरको यो मूल्य नेपालमा अहिलेसम्मकै सर्वाधिक महँगो हो।
हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३४ रुपैयाँ २१ पैसा थियो। हिजोसम्मको लागि यो अमेरिकी डलरको उच्च महँगो रेकर्ड थियो।
तीन दिनअघि १ को खरिददर १३३ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३४ रुपैयाँ १७ पैसा भएर उच्च रेकर्ड बनाएको अमेरिकी डलर मंगलबार केही घटेको थियो। हिजो र आज पुनः बढेर अमेरिकी डलरले अहिलेसम्मकै सर्वाधिक महँगो रेकर्ड कायम गरेको हो ।
आज युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५४ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४५ रुपैयाँ १९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८४ पैसा थियो।
बेलायती पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ५२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३० पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १७३ रुपैयाँ २५ पैसा थियो।
आज अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ २३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६३ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९१ पैसा थियो।
कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ ११ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ०७ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४३९ रुपैयाँ थियो।
आज बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ६० र बिक्रीदर ३५६ रुपैयाँ १९ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ४६ र बिक्रीदर ३५६ रुपैयाँ ०६ पैसा थियो।