काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ४ करोड ९१ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ ।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड ६६ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानी र अन्य सञ्चालन आम्दानी बढेसँगै १ करोड १६ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएपछि लघुवित्तको खुद नाफा बढ्न पुगेको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ११७.७१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १५१.३७ प्रतिशत बढेको छ । लघुवित्तको अन्य सञ्चालन आम्दानी २६८.०८ प्रतिशत बढेको छ ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी ४८.२६ प्रतिशत बढेको छ भने जगेडा कोष ७८.२३ प्रतिशत बढेको छ । लघुवित्तको सापटी १९६.८८ प्रतिशत र निक्षेप ११०.८८ प्रतिशत बढेको छ भने कर्जा ११२.९७ प्रतिशत बढेको छ ।
नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ९८ पैसाबाट २३ रुपैयाँ ९८ पैसा बढेर ४७ रुपैयाँ ७५ पैसा पुगेको छ । असोज मसान्तसम्ममा, लघुवित्तको मूल्य आम्दानी अनुपात ३३.७० गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ ६ पैसा रहेको छ ।