निफ्राको नाफा र आम्दानीमा सामान्य गिरावट, कस्ता छन् अन्य सूचक ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १ अर्ब ३३ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आवको सोही अवधिसम्मको तुलनामा ५.९७ प्रतिशतले कम हो। अघिल्लो आवमा कम्पनीले १ अर्ब ४१ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

कम्पनीको खुद ब्याज आम्दानी र खुद शुल्क तथा कमिशन आम्दानी घटेसँगै नाफामा प्रभाव परेको छ । कम्पनीको खुद ब्याज आम्दानी ६.४६ प्रतिशतले घटेर २ अर्ब ५४ करोड रुपैयाँमा सीमित बनेको छ । जुन अघिल्लो आवमा २ अर्ब ७२ करोड रुपैयाँ थियो । कम्पनीले १ करोड ४ लाख रुपैयाँ खुद शुल्क तथा कमिशन आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ५४.२५ प्रतिशतले कम हो ।

कम्पनीले समीक्षा अवधिसम्ममा २ अर्ब २४ करोड ९२ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ६.०२ प्रतिशतले कम हो । समीक्षा अवधिसम्म कम्पनीको इम्प्येरमेन्ट चार्ज ३१ करोड ८ लाख रुपैयाँ रहेको छ ।

कम्पनीले समीक्षा अवधिसम्ममा ८२ करोड ९८ लाख रुपैयाँ निक्षेप संकलन र २० अर्ब ८६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । रिजर्भ कोषमा कम्पनीले २ अर्ब ९५ करोड रुपैयाँको व्यवस्था गरेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ६.१६ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३१.५८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११३.७० रुपैयाँ, मूल्य आम्दानी अनुपात ३७.०१ गुणा, तरलता अनुपात ४५९.७८ प्रतिशत र इक्युटिमा प्रतिफल ५.५१ प्रतिशत कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स