मौद्रिक नीति ११ गते सार्वजनिक गरिने, त्यसअघि तयारी नपुग्ने

काठमाडौं । चालू आर्थिक वर्षको लागि मौद्रिक नीति साउन ११ गते सार्वजनिक गरिने भएको छ । मौद्रिक नीति तयारी भैरहेको अवस्थामा नयाँ सरकारले गठन भएकाले केहि ढिलाई हुन पु्गेको हो ।

नयाँ सरकारलाई समेत ब्रिफिङ गर्नुपरेको कारण मौद्रिक नीति केहि ढिलाई हुन गएको राष्ट्र बैंकको संकेत छ ।
यद्दपी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले भने मौद्रिक नीति सार्वजनिक गर्ने विषय नितान्त राष्ट्र बैंकको जिम्मेवारी रहेको बताउँदै आएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगको भेटमा समेत उनले आफ्नो कुनै हस्तक्षेप नरहेको र हस्तक्षेप भन्ने विषयमा विश्वास नै नगर्ने बताएका थिए ।

यो सरकारले अहिलेको अर्थतन्त्र सुधार गर्ने वचनवद्धता व्यक्त गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक सल्लाहाकारमा पूर्व अर्थमन्त्री तथा गभर्नर युवराज खतिवडा आएका छन् । उनले समेत केहि सुझाव राष्ट्र बैंकलाई दिने काम भैरहेको बुझिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स