एनआईसी एशिया बैंक २७ औं वर्षमा प्रवेश, २५ प्रतिशत जनतालाई सेवा, सरकारलाई २६ अर्बबढी राजस्व भुक्तानी

काठमाडौं । एनआईसी एशिया बैंक २७ औं वर्षमा प्रवेश गरेको छ ।

२७ वर्षअघि आजकै दिन सम्पूर्ण सरोकारवालाहरूको पहिलो रोजाईको बैंक बन्ने दृढ संकल्पका साथ शुरू भएको यस बैंकले देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै २७ औं वार्षिकोत्सव मनाउन गइरहेको छ ।

यस अवसरमा ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्न अतुलनीय योगदान दिने समस्त ग्राहकवर्ग, नियामक निकायहरू, सेयरधनी महानुभावहरू, कर्मचारीहरू लगायत सम्पूर्ण सरोकारवालाहरू प्रति बैंकले सादर नमन एवं धन्यवाद व्यक्त गरेको छ ।

डिजिटल फष्र्ट बैंक बन्ने अभिप्रायले अग्रसर भइरहेको एनआईसी एशियाले भौतिक उपस्थितिलाई समेत दरिलो बनाउँदै आएको छ ।

बैंकले हालसम्म देशभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जालबाट लाखौं ग्राहक महानुभावहरुमाझ बैंकिङ पार्टनरको रुपमा जोडिएको छ ।

देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन सफल भएको छ । साथै, वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी निर्वाध रुपमा बैंकिङ सेवा दिन सफल भएको बैंकले जनाएको छ ।

हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल २६ अर्ब ५९ करोड भन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरेको बैंकले जनाएको छ । गत अर्थिक वर्ष २०८०/८१ मा मात्रै २ अर्ब ८९ करोड भन्दा बढी राजस्व नेपाल सरकारलाई बुझाई समग्र देशको आर्थिक विकासमा एक असल साझेदारको रुपमा स्थापित हुन समेत सफल भएको बैंकको दाबी छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स