मौद्रिक नीति शुक्रबार ल्याउने तयारी, संचालक समिति बैठकको भएन आह्वान

काठमाडौं । चालू आर्थिक वर्षको मौद्रिक नीति शुक्रबार ल्याउने तयारी नेपाल राष्ट्र बैंकले गरेको छ । मौद्रिक नीति तयारी अवस्थामा राखेको राष्ट्र बैंकले अर्थमन्त्रीसँगको रायमा शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको हो ।

नयाँ अर्थमन्त्री विष्णु पौडेलले आएपछि उनको चाहनाको विषय समेत समावेश गरिरहेको छ । राष्ट्र बैंकको अनुसन्धान विभागले तयार गरेको मौद्रिक नीति गर्भनरको कार्यालयले फाइनल गर्छ । अहिले अन्तरिक व्यवस्थापनको बैठक बसेर अन्तिम तयारी गरिरहेको छ ।

भोलि संचालक समितिको बैठकबाट पारित गरेर सार्वजनिक गर्ने राष्ट्र बैंकले जनाएको छ । तर राष्ट्र बैंकको संचालक समितिको बैठक भने अहिलेसम्म आह्वान नगरिएको राष्ट्र बैंकले जानाकारी दिएको छ ।

कर्जा प्रवाह गर्न सकिने नीतिहरु तय गरिएको र लचकता अपनाइको बताइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स