यस्तो छ आज अमेरिकी डलरको भाउ

काठमाडौं । आज बिहीबार अमेरिकी डलरको मूल्य यथावत रहेको छ । आज अमेरिकी डलर, बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य यथावत रहँदा धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ । युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको हो ।

राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०४ पैसा निर्धारण भएको छ । हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो ।

आज युरोपियन युरो १ को खरिदर १४७ रुपैयाँ र बिक्रीदर १४६ रुपैयाँ ६५ पैसा निर्धारण भएको छ । हिजो युरो १ को खरिदर १४५ रुपैयाँ ४० पैसा र बिक्रीदर १४६ रुपैयाँ ०५ पैसा थियो।

बेलायती पाउन्ड १ को खरिददर १७४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७९ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७३ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७४ पैसा थियो।

अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ०१ पैसा र बिक्रीदर ९० रुपैयाँ ४१ पैसा निर्धारण भएको छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९० रुपैयाँ ३४ पैसा थियो।

कुवेती दिनार १ को खरिददर ४३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ४३८ रुपैयाँ ७८ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ४३८ रुपैयाँ ४४ पैसा थियो ।

बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ र बिक्रीदर ३५५ रुपैयाँ ५९ पैसा निर्धारण भएको छ। हिजो पनि बहराइन दिनार यही मूल्यमा कारोबार भएको थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स