काठमाडौं । वाणिज्य बैंकहरूले चालू आवको ११ महिनामा ऋण सुरक्षणको लागि ६६ अर्ब ९५ करोड २८ लाख रुपैयाँ छुट्याका छन् ।
गत आवको यसै अवधिमा वाणिज्य बैंकहरूले यस्तो ऋण सुरक्षणका लागि ४३ अर्ब ७८ करोडा ५० लाख रुपैयाँ ऋण सुरक्षणको लागि छुट्याएका थिए । गत वर्षको तुलनामा वाणिज्य बैंकहरूको प्रोभिजन चालू आवको निकै बढि हो ।
चालु आवको ११ महिना (साउनदेखि जेठ) मसान्तसम्म सबै भन्दा बढि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लोनका प्रोभिजन गरेको छ ।
दोस्रो नम्बरमा बढि ऋण सुरक्षण गर्नेमा कुमारी बैंक रहेको छ भने तेस्रो नम्बरमा लक्ष्मी बैंक र चौथौ नम्बरमा नेपाल बैंक रहेका छन् । त्यसैगरी सोहि अवधिमा अन्य वाणिज्य बैंकको तुलनामा स्ट्रयाण्डर्ड चाटर्ड बैंक र एभरेष्ट बैंकको ऋण सुरक्षण भने कम देखिएको छ ।
राष्ट्र बैंकले गरेको व्यवस्थाअनुसार असल कर्जामा १.२५ प्रतिशत प्रोभिजिङ गर्नुपर्ने हुन्छ भने वाचलिष्टमा रहेको कर्जा सुरक्षणको लागि बैंकले ५ प्रतिशत प्रोभिजिङ गर्नुपर्ने हुन्छ । पुनर्तालिकीकरण र पुनर्संरचना भएका कर्जाको लागि १२.५ प्रतिशत प्रोभिजिङ गर्नुपर्छ भने सव स्ट्याण्र्डड कर्जाको लागि २५ प्रतिशत, डिफल्टर कर्जाको लागि ५० प्रतिशत र खराब कर्जाको लागि १०० प्रतिशत नै कर्जा सुरक्षणरको लागि बैंकहरूले रकम छुट्याउनु पर्ने व्यवस्था छ ।
कुन बैंकले कति गरे प्रोभिजिङ ?
साउनदेखि जेठ महिनासम्म नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १० अर्ब ७६ करोड रुपैयाँ ऋण सुरक्षण गरेको छ । गत आवको सोहि अवधिमा बैंकले ४ अर्ब ६१ करोड रुपैयाँ ऋण सुरक्षण गरेको थियो । गत आवको यसै अवधिको तुलनामा बैंकको लोन प्रोभिजन २३३.२३ प्रतिशतले बढि हो ।
त्यसैगरी जेठ मसान्तसम्म कुमारी बैंकले ७ अर्ब ७३ करोड रुपैयाँ लोन प्रोभिजन गरेको छ । गत आवको यसै अवधिमा बैंकले यस्तो प्रोभिजन ६ अर्ब ५७ करोड रुपैयाँ लोन प्रोभिजन गरेको थियो । गत आवको यसै अवधिको तुलनामा बैंकले ऋण सुरक्षण बढि गरेको छ ।
त्यस्तै लक्ष्मी बैंकले पनि साउनदेखि जेठ मसान्तसम्मा ५ अर्ब ३ करोड रुपैयाँ लोन प्रोभिजन गरेको छ भने सोहि अवधिमा नेपाल बैंकले ४ अर्ब ९९ करोड रुपैयाँ लोन प्रोभिजन गरेको हो ।
साउनदेखि जेठ मसान्तसम्मा ग्लोबल आइएमई बैंकले ४ अर्ब ६६ करोड, कृषि विकास बैंकले ४ अर्ब ५६ करोड, राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ११ करोड, प्रभु बैंकले ३ अर्ब ८९ करोड, नबिल बैंकले ३ अर्ब २४ करोड, एनएमबी बैंकले ३ अर्ब ४ करोड, हिमालयन बैंकले २ अर्ब १ करोड रुपैयाँ लोन प्रोभिजनको लागि छुट्याएका छन् ।
सोहि अवधिमा नेपाल एसबी आई बैंकले १ अर्ब ९५ करोड, सानिमा बैंकले १ अर्ब ९० करोड, सिद्धार्थ बैंकले १ अर्ब ७५ करोड, सिटिजन्स बैंकले १ अर्ब १ अर्ब २५ करोड, माछापुच्छ्रे बैंकले १ अर्ब १४ करोड, प्राइम बैंकले १ अर्ब १२ करोड, एभरेष्ट बैंकले ६३ करोड र स्ट्रयाण्डर्ड चाटर्ड बैंकले ५२ करोड रुपैयाँको लोन प्रोभिजन गरेका छन् ।