अमेरिकी डलरको भाउ बढ्यो, अन्यको कति ?

काठमाडौं । मंगलबार आज अमेरिकी डलरसहित केहि विदेशी मुद्राहरुको भाउ बढेको छ । आज अमेरिकी डलर, दिनार, युरोसहित केही विदेशी मुद्राको मूल्य बढेको छ । पाउन्ड, अस्ट्रेलियन डलरसहित केही मुद्राको मूल्य भने घटेको छ ।

राष्ट्र बैंकले आज अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०६ पैसा निर्धारण भएको छ । हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा थियो।

विगत तीन दिनसम्म स्थिर रहेको अमेरिकी डलरको मूल्य आज बढेको हो।

आज युरोपियन युरो १ को खरिदर १४५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४६ रुपैयाँ २७ पैसा निर्धारण भएको छ । हिजो युरो १ को खरिदर १४५ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४६ रुपैयाँ १२ पैसा थियो।

बेलायती पाउन्ड १ को खरिददर १७३ रुपैयाँ १९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९७ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७३ रुपैयाँ २९ पैसा र बिक्रीदर १७४ रुपैयाँ ०७ पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ४६ पैसा र बिक्रीदर ९० रुपैयाँ ८७ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ४७ पैसा र बिक्रीदर ९० रुपैयाँ ८८ पैसा थियो।

कुवेती दिनार १ को खरिददर ४३६ रुपैयाँ ६६ पैसा र बिक्रीदर ४३८ रुपैयाँ ६२ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३६ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४३८ रुपैयाँ ३५ पैसा थियो।

आज बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ६२ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ३३ पैसा थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स