वाणिज्य बैंकहरुले आफ्ना कर्मचारीका लागि छुट्याए ७३ करोडबढी बोनस, सबैभन्दा बढी दिनेमा नबिल, अन्यको कति ?

काठमाडौं । देशमा संचालित २० वाणिज्य बैंकहरुले कर्मचारीका लागि ७३ करोडबढी रकम कर्मचारी बोनसका लागि छुटाएका छन् । बैंकहरूले चालु आवको जेठ मसान्तसम्म कर्मचारीको लागि कुल ७३ करोड २३ लाख रूपैयाँ छुटाएका हुन् ।

बोनस ऐनअन्तर्गत रोजगारदातालाई प्रतिष्ठानले कुल नाफाको १० प्रतिशत बोनस कर्मचारीलाई दिनुपर्ने प्रावधान छ । उक्त प्रावधान अनुसार बैंकहरूले कर्मचारीलाई बोनस वितरण गर्छन् ।

चालु आवको (साउनदेखि जेठ) मसान्तसम्म कर्मचारीलाई सबैभन्दा बढी बोनस दिनेमा नबिल बैंक रहेको छ ।

त्यस्तै, दोस्रोमा ग्लोबल आइएमई बैंक, तेस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र चौथौ नम्बरमा प्राइम कमर्सियल बैंक रहेको छ ।

नबिल बैंकले १० करोड ६ लाख रुपैयाँ बोनसका रुपमा कर्मचारीलाई खर्च गर्ने भएको छ ।

ग्लोबल आइएमई बैंकले ७ करोड ८५ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ६ करोड ९६ लाख र प्राइम बैंकले ५ करोड ६४ लाख रुपैयाँ कर्मचारीहरूको लागि खर्च गर्ने भएको छ ।

त्यसैगरी, नेपाल बैंकले ९८ लाख, राष्ट्रिय वाणिज्य बैंकले २ करोड ३० लाख, स्ट्रयाण्डर्ड चार्टड बैंकले ४ करोड ७९ लाख, हिमालयन बैंकले ४ करोड ५२ लाख, नेपाल एसबीआई बैंकले २ करोड ६७ लाख, एभरेष्ट बैंकले ५ करोड २५ लाख रुपैयाँ कर्मचारीका लागि छुटाएका छन् ।

एनआईसी एसिया बैंकले ३ करोड ४२ लाख, माछापुच्छ्रे बैंकले २ करोड २० लाख, कुमारी बैंकले ४ करोड, लक्ष्मी बैंकले ३ करोड ७६ लाख, सिद्धार्थ बैंकले ३ लाख ६३ करोड, कृषि विकास बैंकले २ करोड १९ लाख, सिटिजन बैंकले २ करोड ९१ लाख, एनएमबी बैंकले ४ करोड ४३ लाख, प्रभु बैंकले ५ करोड ६८ लाख र सानिमा बैंकले २ करोड ७१ लाख रुपैयाँ कर्मचारीहरुका लागि बोनस खर्च गर्ने भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स