२० वटा वाणिज्य बैंकहरूको नाफा ५६ अर्ब माथि, नबिल बैंक अग्रस्थानमा हुँदा अन्यको कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा २० वटा वाणिज्य बैंकहरूले ५६ अर्बभन्दा बढी नाफा कमाएका छन् ।

चालु आवको जेठ मसान्तसम्ममा २० वटा वाणिज्य बैंकहरूले ५६ अर्ब ४५ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएका हुन् ।

सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक रहेको छ । बैंकले जेठ मसान्तसम्ममा ६ अर्ब ३३ करोड नाफा आर्जन गरेको छ ।

त्यस्तै, दोस्रोमा ग्लोबल आईएमई बैंक रहेको छ । बैंकले ११ महिनामा ५ अर्ब ९ करोड नाफा आर्जन गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ३८ करोड नाफा आर्जन गरेको छ । प्राइम कमर्सियल बैंकले ३ अर्ब ५५ करोड नाफा आर्जन गरेको छ ।

एभरेष्ट बैंकले ३ अर्ब ३१ करोड नाफा कमाएको छ । राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ६ करोड खुद नाफा कमाएको छ ।

प्रभु बैंकले ३ अर्ब ३ करोड नाफा आर्जन गरेको छ । कृषि विकास बैंकले ३ अर्ब २ करोड नाफा आर्जन गरेको छ । स्ट्यान्डर्ड चाटर्ड बैंकले ३ अर्ब १ करोड नाफा कमाएको छ ।

एनएमबी बैंकले २ अर्ब ७७ करोड नाफा कमाएको छ । हिमालयन बैंकले २ अर्ब ७६ करोड नाफा आर्जन गरेको छ । लक्ष्मी बैंकले २ अर्ब ३७ करोड नाफा कमाएको छ ।

सिद्वार्थ बैंकले २ अर्ब २७ करोड नाफा कमाएको छ । एनआईसी एसिया बैंकले ३ अर्ब २३ करोड नाफा आर्जन गरेको छ ।

सिटिजन्स बैंकले १ अर्ब ७५ करोड, सानिमा बैंकले १ अर्ब ७४ करोड, कुमारी बैंकले १ अर्ब ६७ करोड, नेपाल एसबीआई बैंकले १ अर्ब ६६ करोड, माछापुच्छ्रे बैंकले १ अर्ब २८ करोड, नेपाल बैंकले १ अर्ब ७ करोड नाफा आर्जन गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स