नबिल बैंकको ४० वर्ष : सरकारलाई मनग्य कर, ग्राहकलाई उच्चकोटीको सेवा र लगानीकर्तालाई सोचेभन्दा आम्दानी

काठमाडौं । नबिल बैंक लिमिटेड नेपालको अग्रणी बैंकको रुपमा परिचित छ । सेवा, प्रतिफल र सरकारलाई बुझाउने कर क्षमताको आधारमा कुनै पनि कम्पनी यस माथि पुग्न सकेका छैनन् ।

बैंक वित्तिय संस्था मात्रै हैन । अन्य क्षेत्रका कम्पनी पनि ती तीन सूंचकमा माथि जान सकिरहेको छैनन् । सरकारलाई मनग्य कर बुझाउँदै आएको नबिल बैंकले ग्राहकलाई उच्चकोटीको सेवा प्रदान गर्दै आएको छ र लगानीकर्तालाई सोचेभन्दा बढी प्रतिफल समेत प्रदान गर्दै आएको छ ।

नबिल बैंक आजबाट ४० वर्ष पुग्दैछ । वि.सं. २०४१ सालमा विदेशी लगानीसहित निजी क्षेत्रका लगानीकर्ताहरूको लगानीमा स्थापना भएको यस बैंकले यो यात्रामा धेरै राम्रा र इनोभेटिभ काम गरेको छ । नेपालको वित्तीय बजारमा लामो समय ‘नम्बर वान’ को विरासत जोगाउन सफल नबिल बैंक नेपालकै निजी क्षेत्रबाट संचालित पहिलो बैंक हो ।

ग्राहकको सन्तुष्टिलाई केन्द्रमा राखेर आफ्नो व्यवसायिक यात्रा तय गरेको नबिल बैंक लगानीकर्तालाई उच्चतम प्रतिफल दिने बैंकको रुपमा स्थापित भएको छ । लामो समयदेखि नबिल सर्वाधिक नाफा कमाउने ग्राहकको सेवामा समर्पित डिजिटल बैंकको रुपमा स्थापित भएको छ ।

स्थापनाकालदेखि नै नेपालमै नयाँ प्रविधि भित्राएर ज्वाइन्ट भेन्चरमा संचालनमा आएको नबिलको व्यवसायिक यात्रा अनुभवी व्यवस्थापन, स्मार्ट तथा मेहिनेती कर्मचारी, कर्मचारीलाई क्षमता अनुसारको प्रोत्साहन तथा रिकगनाइज, विश्व बजारमा चलेका उच्चतम प्रविधि, ग्राहकमैत्री ,बहुउपयोगी प्रडक्टका कारण नबिलको ब्राण्ड इमेज झनझन् राम्रो समेत बन्दै गैरहेको छ ।

अनुभवी नेतृत्व र प्रतिष्ठित घरानाको लगानीले पनि ग्राहक तथा लगानीकर्ताको रोजाइमा नबिल बैंक परेको हो । नबिल बैंकभित्रको बलियो सिष्टम आज बैंकको अर्को ठूलो हो,जसले बैंकलाई यो मुकाम हासिल गरायो । त्यतिमात्रै होइन नबिलसँग नेपाल बंगलादेश बैंक गाभिएपछि नबिल बैंक नेपालकै सबैभन्दा ठूलो क्यापिटल फन्ट भएको बैंक बनेको छ ।

दिगो विकास एजेण्डालाई केन्द्रमा राखेर अगाडि बढेको यस बैंकले आफ्नो नम्बर वानको ताजलाई ब्राण्ड भ्यालूका रुपमा अंगिकार गरेको छ । नबिलको यो व्यवसायिक यात्रा नयाँ इन्टरप्रेनरसिप जन्माउनेदेखि सामाजिक उत्तरदायित्व वहनका हिसाबले पनि उत्तिकै महत्वपूर्ण र स्मरणीय छ । नबिलले व्यवसायिक र सेवा दुवै आधारमा एक सफल वाणिज्य बैंकका रुपमा आफूलाई स्थापित गरेको छ ।

दिगो बैंकिङ सेवालाई आत्मसाथ गर्दै आफ्नो व्यवसायिक यात्रा तय गरेको नबिल बैंकले स्वदेशमामात्रै होइन अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ ।

नाफालगायतका विभिन्न सूचकहरूमा ‘नम्बर वान’का रुपमा एकछत्र राज गरेको नविल बैंकको ताज पछिल्लो समय ठूला ठूला बैंक मर्ज भएर बनेको बैंकहरूको प्रतिस्पर्धामा परेको छ ।

‘व्यवस्थापनमा होस् वा बिजनेश प्राक्टिसमा नै किन नहोस् गुड गभर्नेन्स तथा बैंकिङ अभ्यासका हिसाबले नबिल बैंक नेपालकै उदाहरणीय र सबैले गर्व गर्न लायक बैंक बनेको छ ।

नेपालमा पहिलो पटक कम्प्युटराइज सिष्टमबाट सेवा दिने नेपालको पहिलो बैंक नबिल एक पछि अर्को गर्दै अरु बैंकलाई पछि पार्दै देशभर छरिएर रहेका शाखालाई अझै विस्तार गर्दै बाट नयाँ र इनोभेटिम सेवा ऊर्जाशील भएर दिइराखेको छ ।

बैंकिङ क्षेत्रमा करिब ४ दशक अनुभव सम्हालेका बैंकका बोर्ड अध्यक्ष उपेन्द्र प्रसाद पौड्याल र पायोनियर बैंकर ज्ञानेन्द्र ढुंगानाले बैंकलाई दिगो विकासका लागि दिगो बैंकिङ सेवा र सामाजिक उत्तरदायित्वसहितको वातावरणमैत्री व्यवसायलाई आत्मसाथ गर्दै अघि बढाइरहेका छन् ।

नबिल बैंकको इतिहासकै कुरा गर्ने हो भने बैंकले व्यवसायिक यात्राको थालनी ५ वर्ष पछि एनएबीएसवाईएस बैंकिङ सफ्टवेयरमा आधारित सेवाबाट सुरु गरेको थियो । नबिल नै पहिलो बैंक हो, जसले सन् १९९० मा मास्टर कार्डको म्यानुअल इम्प्रिन्टर (जिप–ज्याप) मेसिन सुरु गर्यो ।

सन् १९९२ मा बैंकले मास्टर कार्ड क्रेडिड कार्डको सुरुवात गरेको थियो । त्यसको अर्को वर्ष पछि बैंक भिसा कार्डमा गएको हो । बैंकले सन् १९९५ देखि नै एमटीएम प्रयोगमा ल्याएको थियो । त्यसको लगत्तै सन् १९९७ मा बैंकले पीसीओ मेसिन र भिसा क्रेडिड कार्ड जारी गर्यो ।

बैंकले स्वफ्ट सर्भिस भने सन् १९९८ मा सुरु भएको हो । सन् २००३ मा फिनाकल कोर बैंकिङ, इन्टरनेट बैंकिङ र एबीबीएस सर्भिस सुरु गरेको थियो ।

सन् २००५ मा भिसा डेभिड कार्ड (इलेक्ट्रोन) जारी भयो । जसले डेभिड कार्ड प्रयोगकर्तालाई सहज बनायो । सन् २०११ मा बैंकले अनलाइन खाता खोल्ने प्रणलाीको विकास गर्यो र यूनियन पे अन्तर्राष्ट्रिय सेवा एटीएम नेटवर्किङ र पीओएसबाट प्रदान गर्ने पहिलो बैंक बन्न सफल भयो ।

साथै, सन् २०१२ मा थ्रीडी (सुरक्षित इ–कमर्स) लागू गर्ने पहिलो बैंक बन्यो । बैंकको मोबाइल एपको प्रयोग सन् २०१३ बाट गर्दै आएको छ । सन् २०१४ मा बैंकबाट जारी सम्पूर्ण कार्ड प्रतिस्थापन गरेर व्राण्डेड ईएमभी कार्डहरू जारी गर्यो र इन्टरनेट बैंकिङमा २ एफए (मोवीटोकन) सेवा लागू गरियो । माइक्रो फिल्ममा सिग्नेचरलाई डिजिटलाइजेशन गर्ने पहिलो बैंक पनि नबिल हो ।

सन् २०१५ मा अनलाइन कर्पोरेट भुक्तानी सेवाको सुरुवात भयो । सन् २०१७ मा इ–कमर्श प्राप्ति (भुक्तानी गेटवे) र नबिल भाइबर बैंकिङको शुभारम्भ गरियो ।

सन् २०१८ मा एनएफसी कन्ट्याक्टलेस कार्ड जारी गर्ने र युनियन पे इन्टरनेशनल क्यूआर सेवा प्रदान गर्ने पहिलो बैंक बन्न नबिल सफल भयो । सन् २०१९ मा फेसबुक प्लेटफर्मबाट च्याटबो ‘नबिना’ को शुभारम्भ, ७ दिन २४ घण्टा ग्राहक सेवा केन्द्र सुरु र एनएफसी कन्ट्याक्टलेस पीओएस मेसिन प्रयोगमा ल्याइयो ।

सन् २०२० मा बैंकको ३६ औं वार्षिकोत्सवको अवसरमा ‘नबिल डीजीबैंक’ स्थापनाको घोषणा, फोनबाट कर्जा स्वीकृत गर्ने पहिलो बैंक बन्यो, शाखा काउन्टरहरूमा क्यूआर मार्फत् ‘स्क्यान र विथडङ’ सेवा प्रयोगमा ल्याइयो र हरियो पिन प्रयोगमा ल्यायो ।

बैंकले सन् २०२१ मा ६ वटा नयाँ सेवाहरू सुरुवात गर्यो । जस अन्तर्गत नबिल स्मार्ट बैंक एममा कार्डहरू एकीकृत गर्ने पहिलो बैंक बन्न सफल भयो । नबिल नगद मेसिन (एनसीएम) प्रयोगमा ल्याइयो । कोर बैंकिङ प्रणाली फिनाकललाई १०.२५ मा स्तरोन्नति गरियो ।

त्यसरी नै नबिल डीजी बैंक पोटर्ल सार्वजनिक गरियो । अनलाइनबाटै ग्राहक पहिचान गरी खाता खोल्न सकिने सेवाको सुरुवात भयोे । भर्चुअल आईकार्ड जारी गर्न समेत नबिलले थालनी गरिसेकको छ ।

नबिल बैंकले ठूला परियोजनामा सहवित्तीयकरणको माध्यमबाट सेवा दिन २०४९ सालमै सुरु गरिसकेको थियो । अहिले बैंकले दिगो बैंकिङ सेवालाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

वर्तमान बैंकिङ अवस्था नियाल्दै पछिल्लो ५ वर्षे रणनीतिक योजना का साथ बैंकले काम गरिरहेको छ । जुन रणनीति २०२५ सम्मको लागि छ । निश्चित क्षेत्र, निश्चित सेगमेन्ट, निश्चित भूगोल र निश्चित योजनाकारलाई मात्रै बैंक हैन भन्ने मनसायका साथ बैंकले आफ्नो योजना तय गरेको हो ।

नेपालभरका मान्छेहरु जुन तह र तप्काका छन् । उनीहरु सबैलाई हुने गरी काम गर्नुपर्छ भन्ने बैंकको धारणा थियो । आफ्नो रणनीतिहरुमा नेटवर्क बढाउने, व्यवसायको आयतन बढाउने गरी र आफ्नो क्षेत्रलाई विविधीकरण गर्ने रणनीति २०२५ सम्मलाई कोरिएको छ ।

जसमा बैंकले लगानीलाई समेत दिगो विकास र वातावरणसँग जोड्न थालेको छ । कुनै पनि लगानी गर्दा बैंकले नै विभिन्न वातावरण मैत्री शर्तहरु राख्ने गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स