अमेरिकी डलरसहित आज सबै विदेशी मुद्राको भाउ बढ्यो

काठमाडौं । शुक्रबार आज अमेरिकी डलरसहित विदेशी मुद्राहरुको भाउ बढेको छ । आज अमेरिकी डलर, युरो, पाउन्ड अस्ट्रेलियन डलर, कुवेती दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको हो । बुधबार घटेको विदेशी मुद्राको भाउ हिजो र आज दुवैदिन लगातार बढेको हो।

राष्ट्र बैंकले आज अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ४० पैसा र बिक्रीदर १३४ रुपैयाँ तोकेकोे छ । हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९४ पैसा थियो।

युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४० पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४४ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९६ पैसा थियो।

बेलायती पाउन्ड १ को खरिददर १७१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १७२ रुपैयाँ ५० पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ ८० पैसा र बिक्रीदर १७१ रुपैयाँ ५७ पैसा थियो।

अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ १० पैसा र बिक्रीदर ९० रुपैयाँ ५० पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९० रुपैयाँ २९ पैसा थियो।

कुवेती दिनार १ को खरिददर ४३५ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४३७ रुपैयाँ ९१ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ४३७ रुपैयाँ ८६ पैसा थियो।

बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ९० पैसा र बिक्रीदर ३५५ रुपैयाँ ४९ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ३१ पैसा थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स