काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने भएको छ ।
बैंकले ऋणपत्र निष्काशनका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक र डिबेञ्चर ट्रष्टीको रुपमा नियुक्त गरेको छ ।
उक्त सम्झौतापत्रमा प्राइम कमर्सियल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जिव मानन्धरले र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका छन् ।
बैंकले १० वर्ष अवधिको ८ प्रतिशत ब्याजदर भएको ‘८% प्राइम डिबेञ्चर २०९१’ नामक ऋणपत्र निष्काशन गर्ने तयारी गरेको छ ।
बैंकले प्रतिऋणपत्र १ हजार अंकित दरका ३० लाख कित्ताले हुन आउने ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो ।
सोमध्ये ६० प्रतिशत अर्थात १८ लाख कित्ताले हुने रकम १ अर्ब ८० करोड ऋणपुँजी व्यक्तिगत तवरबाट र बाँकी ४० प्रतिशत अर्थात १२ लाख कित्ताले हुन आउने रकम १ अर्ब २० करोड ऋणपुँजी (सो मध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको समेत) सर्वसाधारणमा सार्वजनिक निष्काशन गरिनेछ ।