काठमाडौं । आज बिहीबार अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राहरुको भाउ बढेको छ ।
आज अमेरिकी डलर, युरो, पाउन्ड अस्ट्रेलियन डलर, कुवेती दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ। बुधबार घटेको विदेशी मुद्राको मूल्य आज बढेको हो।
राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९४ पैसा निर्धारण भएको छ । हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८८ पैसा थियो ।
युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९६ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४४ रुपैयाँ १७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४२ पैसा थियो।
आज बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ ८० पैसा र बिक्रीदर १७१ रुपैयाँ ५७ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ ६५ पैसा र बिक्रीदर १७१ रुपैयाँ ७२ पैसा थियो।
अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९० रुपैयाँ २९ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९० रुपैयाँ १७ पैसा थियो।
कुवेती दिनार १ को खरिददर ४३५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ४३७ रुपैयाँ ८६ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३५ रुपैयाँ ५६ पैसा र बिक्रीदर ४३७ रुपैयाँ ५२ पैसा थियो।
आज बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ३१ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३५५ रुपैयाँ १५ पैसा थियो।