‘बैंकबाट बाहिरिएको पैसा बैकिङ च्यानलमा फर्कियो या अन्तै गयो, खोइ खोजी भएको ?’

काठमाडौं । नेपाल बैंकर्स संघका नवनियुक्त अध्यक्ष अनिल कुमार उपाध्यायले बैंकबाट बाहिरिएको पैसा बैंकिङ च्यानलमा फर्कियो कि फर्किएन भनेर कसैले खोजी नगरेको बताएका छन् ।

वाणिज्य बैंकहरूका सीईओहरूको छाता संस्था नेपाल बैकर्स संघको अध्यक्षमा सर्वसम्मत चयन भएका कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले बैंकबाट बाहिरिएको पैसा फेरि बैकिङ च्यानलमा आयो÷आएन वा अन्त कतै गयो भनेर कसैले वास्ता नगरेको बताएका हुन् ।

संघले ३५ औं साधारणसभा तथा नयाँ कार्यसमितिको औपचारिक घोषणाको क्रममा उनले भने ‘सस्तो ब्याजमा दिएको पैसा कतै अन्तै गहिरहेको त छैन ।’

वित्तीय बजारको आवश्यकताअनुसार बैंकहरुलाई सोही अनुसार स्वस्थ र प्रतिस्पर्धी बनाउन संघले पहल गर्ने उनले बताए । ‘नयाँ कार्यसमितिले बैकिङ क्षेत्रमा देखिएका समस्या चुनौतीलाई समाधान गर्न पहल गर्नेछ,’ उनले भने ।

विगतमा पनि केही अवधिमा बैंकहरू ठूलो चुनौतीबाट गुज्रिएको र त्यसलाई व्यवस्थापन गर्न सफल भएको उनले बताए । कोभिडबाट बैंक, उद्योग, कृषक सबै त्रसित हुँदा पनि हामी कुशल व्यवस्थापन गर्न सक्षम भयौ । यसमा राष्ट्र बैंकको भुमिका ठूलो छ र यसबीच उत्साहजनक हिसावले ग्रोथ पनि भएको छ ।

वाणिज्य बैंकहरूले वित्तीय बजारको कुल निक्षेपमा ८८ प्रतिशत र कर्जामा ८९ प्रतिशत होल्ड गर्छन् गरेपनि बैंकरहरू कहिले आफैं आत्तिएर समस्या हुने गरेको अनुभव बताए । ‘वित्तीय क्षेत्रको ९० प्रतिशत जिम्मेवारी बोकेकाले हामीमा धेरै जिम्मेवारी छ,’ उनले भने ‘कोरोनापछि सबै परिस्थिति सहज बनिसक्दा पनि हामी आत्तियौं ।’ तरलताको अभावको प्रशंंग जोड्दै उनले भने, बैंकरमात्र हैन, व्यवसायी पनि आत्तिए ।

हाम्रो जिम्मेवारी निभाउँछौ,’ अध्यक्ष उपाध्यायले भने, ‘हामी आत्तिएर हैन, सबै मिलेर अगाडि बढ्यौं भने राम्रो हुन्छ ।’

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स