यस्तो छ आज अमेरिकी डलरसहित विदेशी मुद्राको भाउ

काठमाडौं । आज मंगलबार अधिकांश विदेशी मुद्राहरुको विनियमदर घटेको छ । आज अमेरिकी डलरको मूल्य थोरै बढेको छ भने युरो, अस्ट्रेलियन डलर, कुवेती दिनारसहित केही विदेशी मुद्राको मूल्य घटेको हो ।
पाउन्ड, बहराइन दिनारसहितका केही मुद्राको मूल्य पनि बढेको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३० पैसा र बिक्रीदर १३३ रुपैयाँ ९० पैसा निर्धारण भएको छ । हिजोे अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८८ थियो। विगत तीन दिनसम्म स्थिर रहेको अमेरिकी डलरको मूल्य आज थोरै बढेको हो।

युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४४ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४५ रुपैयाँ १० पैसा थियो।

आज बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ ९६ पैसा र बिक्रीदर १७१ रुपैयाँ ७३ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७० रुपैयाँ ७३ पैसा र बिक्रीदर १७१ रुपैयाँ ५० पैसा थियो।

अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९० रुपैयाँ २६ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९० रुपैयाँ ३७ पैसा थियो।

आज कुवेती दिनार १ को खरिददर ४३५ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४३७ रुपैयाँ ५८ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३५ रुपैयाँ ३६ पैसा र बिक्रीदर ४३७ रुपैयाँ ३२ पैसा थियो।

बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३५५ रुपैयाँ २१ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३५५ रुपैयाँ १५ पैसा थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स