मेगा बैंकले गर्यो लाभांश घोषणा

काठमाडौं । मेगा बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १२.०७ प्रतिशतले हुन आउने १ अर्ब ७६ करोड ८८ लाख ५४ हजार २ सय ७० रुपैयाँ ३८ पैसा बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले नगद लाभांश प्रस्ताव गरेको छैन । हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ६५ करोड ४९ लाख ६४ हजार रहेको छ ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा वितरण हुने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स