काठमाडौं । नेपालमा बेरोजगारीको समस्या हटाउन पहल नै नभएको हैन । सरकारले समेत हरेक वर्ष बजेटमा उल्लेख गर्ने गरेको विषय हो ।

त्यसमा ठूलो अंकमा बजेट समेत विनियोजन हुँदै आइरहेको पनि छ । त्यसका साथै उद्यमशीलता बढाउन सरकारले अनुदान समेत प्रदान गर्दै आएको छ । त्यो कृषि क्षेत्रमा पैसा लिएर होस् वा ब्याजमा अनुदान दिएर नै किन नहोस् । हरेक वर्ष अर्बौ रुपैयाँ खर्च भैरहेको छ ।

संघ, प्रदेश र स्थानीय तहको पैसा खर्च भएपछि सरकार आफैले प्रभावकारी हुन नसकेको स्विकार समेत गर्दै आएको छ ।
सिधैं पैसा दिँदा उद्यमशीलता बढाउने योजना प्रभावकारी नभैरहेको अवस्थामा नेपालको अग्रणी वाणिज्य बैंकले भने नयाँ बाटो लिएको छ ।

सामाजिक उत्तरदायित्वमा गर्ने खर्चलाई प्रत्यक्ष रुपमा उद्यमी बनाउने र रोजगार दिलाउने गरि आफ्नो महत्वपूर्ण योजनामा काम गरिरहेको छ ।

सामाजिक उद्यमशीलता विकासको लागि नबिल बैंक लिमिटेडले सुरु गरेको ‘नबिल एसएसई (नबिल स्कुल अफ सोसल इन्टरप्रिनरसिप) कार्यक्रम तेस्रो वर्षमा सुरु हुँदै छ ।

यस अन्तर्गत नवीन विचार भएका लाई स्कूल कलेजसँगको सहकार्यमा उद्यमशीलता सिकाउँछ । फेलोसिप कार्यक्रम र सर्टिफिकेट कोर्स गरी दुई कार्यक्रम समावेश समेत गरेको छ ।

कोर्स पुरा गर्नेलाई नलिब बैंकले नै कर्जा दिएर उद्यमशीलताको बाटो तय गर्छ । नेपालमा नपढेका भन्दा शिक्षा हासिल गरेकाहरु नै बेरोजगार भैरहेको गुनासो धेरै रहेको छ । यसको समेत समाधान गर्ने गरि नबिल बैंकले आफ्नो कार्यक्रम अघि बढाएको हो ।

बैंकका अनुसार नागरिकलाई ज्ञान, वित्तीय पहुँच, र सामाजिक उद्यमहरू सुरु गर्नका साथै उद्यमशीलतामा दिगोपना दिन र सञ्जाल विस्तार गर्नको लागि यो कार्यक्रम सहयोगी समेत रहेको छ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना भन्छन्,‘ सामाजिक उत्तरदायित्व अन्तर्गत यसलाई नै महत्व दिएका छौं । सबैभन्दा धेरै यसमै खर्च गर्दै आएको छौं ।’ उनका अनुसार फाट्टफुट्ट पैसा बाँडेर खर्च गर्नुभन्दा पनि समाजलाई पछिसम्म योगदान हुने क्षेत्रमा खर्च गरौं भन्ने अवधारण सहित यो योजनामा खर्च बढाइएको हो ।

कुल १३ ठाउँमा बैंकले यो कार्यक्रम संचालन गरेका छौं । यसले कसरी उद्यमशील बन्ने विषयको जानाकारी दिने गर्छ ।
बजारीकरण के हो ? बजारले कस्ता उत्पादनहरु चाहिरहेको छ ? सरकारी नीतिहरु कस्ता छन् । करका विषयहरु कसरी पार गर्ने ? यी सबै विषयहरु बैंकले सिकाइरहेका छ । सीईओ ढुंगाना भन्छन्, ‘सिधैं २/४ लाख रुपैयाँ पैसा दिदा भन्दा यसरी सीप सिकाएर उद्योगी बनाउँदा धेरै फाइदा हुन्छ भन्ने हाम्रो धारणा हो । हामी चाहिँ शिक्षामा स्वास्थ्यमा लामो समय सकरात्मक प्रभाव पार्ने कुराहरुलाई ध्यानमा राख्दछौं ।’

त्रिभुवन विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्टसहित १३ विभिन्न विद्यालयबाट देशभर सञ्चालन गरिएको यस कार्यक्रमले सामाजिक उद्यमशीलता बढाउन उत्प्रेरक समेत बनिरहेको छ ।

यो कार्यक्रम नोभेम्बर २६, २०२१ बाट सुरु भएको हो । यो कार्यक्रममा नेपालको सातवटै प्रदेशमा सञ्चालन भएको छ ।

कार्यक्रम अन्तर्गत उद्यमीहरूलाई सशक्त बनाउन डिजाइन गरिएका दुई प्राथमिक पाठ्यक्रमहरू प्रदान गर्दछ । फेलोशिप कार्यक्रम र प्रमाणपत्र पाठ्यक्रम कार्यक्रम त्रिभुवन विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालित छ ।

कार्यक्रममा छ महिना र एक वर्षको मेन्टरिङ अवधिमा सञ्चालन हुने १८ दिने आवासीय तालिम समावेश छ । कार्यक्रमले तीन समूहमा ५६ सामाजिक उद्यमीहरूलाई तालिम दिएको छ । जसले गर्दा तीन समूहबाट ४५ वटा उद्यम स्थापना भएको छ । यी उद्यमहरूले सामूहिक रूपमा ८ सय ७२ जनालाई रोजगारीका अवसरहरू सिर्जना गरिसकेको छ ।
सर्टिफिकेट कोर्स नेपालभरका ११ वटा शैक्षिक संस्थाहरूसँगको सहकार्यमा लागू गरिएको छ ।

तीन महिनासम्म चलेको यो कार्यक्रममा हालसम्म ४६६ जनाले सर्टिफिकेट कोर्स पूरा गरेका छन् । र यसका पहिलो दुई समूहमा २३ वटा उद्यम निर्माण गर्न सहजीकरण भएको छ । यस पाठ्यक्रमको लागि कुल ५ सय २० उम्मेद्वारहरू भन्दा बढी रहेको बैंकले जनाएको छ ।

 

 

हेडलाइन्स