ज्योति विकास बैंकको व्यवस्थापकीय पदमा बराल र थापाको पदोन्नति

काठमाडौं । ज्योति विकास बैंकले साउन १ गतेबाट लागू हुने गरि बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा प्रकाश बराल र सहायक महाप्रबन्धकमा बलदेव थापालाई पदोन्नति गरेको छ । बैंकले आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट पदोन्नति गरेको हो ।

बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा १५ वर्ष भन्दा बढीे अनुभव बोकेका नवनियुक्त वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत बराल विगत १६ महिना देखि बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत छन् ।

बैंकिङ क्षेत्रमा १९ वर्षभन्दा बढी अनुभव हासिल गरेका नवनियुक्त सहायक महाप्रबन्धक थापाले नेपाल बैंक लिमिटेडबाट बैंकिङ यात्रा सुरुवात हुन् ।

चार्टर्ड एकाउन्टेन्ट बरालसँग भारतको बिडिओ इन्टरनेशनलका साथै नेपाल बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड तथा एनआईसी एशिया बैंक लिमिटेडको उच्च व्यवस्थापन तहको कार्यानुभव रहेको छ । उनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्थामा पूर्व सञ्चालक र हाल ज्योति क्यापिटल लिमिटेडको अध्यक्ष पनि छन् ।

विगत ७ वर्षदेखि ज्योति विकास बैंकमा आवद्ध थापाले हाल प्रमुख सञ्चालन अधिकृत, प्रमुख बजारीकरण अधिकृत, मानव संसाधन विभाग प्रमुख तथा कम्पनी सचिवको कार्यभार सम्हालिरहेका छन् ।

विभिन्न वाणिज्य बैंक र राष्ट्रिय स्तरका विकास बैंकहरूमा थापाको व्यवस्थापकीय अनुभव हासिल गरेका छन् । बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स