आज अमेरिकी डलरको भाउ यथावत रहँदा अन्यको भाउ कति ?

काठमाडौं । आज सोमबार अमेरिकी डलरको भाउ यथावत रहेको छ । आज राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य यथावत रहँदा युरो, पाउन्ड, अस्ट्रेलियन डलर, बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ भने कुबेती दिनारसहित केही विदेशी मुद्राको मूल्य भने घटेको राष्ट्र बैंकले जनाएको छ ।

आज अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८८ पैसा निर्धारण भएको छ । विगत तीन दिनदेखि अमेरिकी डलर यही मूल्यमा कारोबार हुँदै आएको छ ।

युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४५ रुपैयाँ १० पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४४ रुपैयाँ २४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८८ पैसा थियो।

आज बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ ७३ पैसा र बिक्रीदर १७१ रुपैयाँ ५० पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७० रुपैयाँ ४४ पैसा र बिक्रीदर १७१ रुपैयाँ २१ पैसा थियो।

अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९० रुपैयाँ ३७ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९० रुपैयाँ १५ पैसा थियो।

आज कुवेती दिनार १ को खरिददर ४३५ रुपैयाँ ३६ पैसा र बिक्रीदर ४३७ रुपैयाँ ३२ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३५ रुपैयाँ ४१ पैसा र बिक्रीदर ४३७ रुपैयाँ ३७ पैसा थियो।

बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३५५ रुपैयाँ १५ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३५५ रुपैयाँ १४ पैसा थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स