काठमाडौं । नेपाल एसबिआई बैंक लि. ले असार ७ गते बैंकको ३१ औं वार्षिकोत्सव मनाएको छ । यस अवसरमा बैंकले सपथ ग्रहण समारोहको आयोजना गरेको थियो जहाँ बैंकका सबै कर्मचारीहरुले बैंकप्रतिको जिम्मेवारीका लागि आफ्नो प्रतिबद्वता व्यक्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार देले बैंकको उपलब्धिको बारेमा प्रकाश पारे । साथै, उनले बैंकको दिगो प्रगती कायम राख्न व्यक्तिगत जिम्मेवारी वहन गर्नूपर्नेमा पनि जोड दिए ।
त्यसैगरी बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कूमार पंडाले बैंकको उपलब्धिमा योगदान पू¥याएकोमा सबै कर्मचारीलाई धन्यवाद दिंदै यसरी नै योगदानको निरन्तरताका लागी आग्रह गरे ।
प्रमूख संचालन अधिकृत यादवेंद्र कांतले सबै सरोकारवाला तथा सहभागीहरुलाई धन्यवाद ज्ञापन गरे । साथै, बैंकले सोे अवसरमा सबै शाखा तथा कार्यालयहरुबाट आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई मिठाई वितरण गरेको थियो ।
नेपाल एसबिआई बैंकले हालै सञ्चालनमा आएका २ शाखा, पिडारी चोक, जनकपूर र रामपूर बजार, पाल्पा सहित १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १७ शाखा रहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२१ एटिएम तथा १ कर्पोरेट अफिसबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।