प्रभु बैंकका ग्राहकलाई टी थ्री थकाली र साइनो तन्दुरीमा विशेष छुट

काठमाडौं । प्रभु बैंक र टी थ्री थकाली एण्ड मल्टी क्यूसीन र साइनो तन्दुरी एण्ड सेकुवा कर्नरबीच विशेष छुट सम्झौता भएको छ ।

एक समारोहका बीच सम्पन्न सम्झौतामा टी थ्री थकाली ग्रूप प्रा.लि.का अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत विवेक तुलाचन र प्रभु बैंकका तर्फबाट बागमती प्रदेश प्रमुख अधिकृत बिकास शर्मा गुरागाईले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकहरुले त्रिभुवन अन्तरराष्ट्रिय विमान स्थल नजिकै अवस्थित ती रेष्टुरेन्टमा बैंकसँगको आबद्धता प्रमाणका आधारमा रेष्टुरेन्टमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

प्रभु बैंकका नेपालभर ३०७ शाखा कार्यालयहरु, २८६ वटा एटीएमका साथै ७० एक्सटेन्सन काउन्टर रहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स