नेपाल बैंक र काठमाडौं महानगरपालिकाबीच बैकिंङ कारोबार गर्ने सम्बन्धमा सम्झौता

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र काठमाडौं महानगरपालिकाबीच बैकिंङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

असार १८ गते मंगलबारका दिन काठमाडौं महानगरपालिकाकोे कार्यालयमा आयोजित एक समारोहमा भएको उक्त सम्झौतामा नेपाल बैंकका प्रमूख कार्यकारी अधिकृत तिलक राज पाण्डेय र काठमाडौं महानगरपालिकाका प्रमूख प्रशासकीय अधिकृत प्रदिप परियारले हस्ताक्षर गरेका थिए ।

सो सम्झौता बमोजिम काठमाडौं महानगरपालिका अन्तर्गतका सामूदायिक विद्यालयहरुलाई बैंकले विशेष छुट सहितको बैकिंङ सेवा उपलब्ध गराउने एवं सामूदायिक विद्यालयहरुमा कार्यरत सम्पूर्ण स्थायी, करार, आंशिक तथा ज्यालादारी/प्राविधिक शिक्षक/कर्मचारीहरूले नेपाल बैंकको सबै शाखा बाट छुट सहित आकर्षक बैंकिंङ सेवा सूविधा पाउने गरी तलबी बचत खाता खोल्न सक्नूका साथै नियमानुसार बैंकले प्रदान गर्ने कर्जा तथा अन्य बैकिंङ सुविधा पाउन सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स