मौद्रिक नीतिको प्रारम्भिक ‘ड्राफ्ट’ तयार, कस्तो अपनाउँदै छ बाटो ?

काठमाडौं । आगामी आर्थिक वर्षको मौद्रिक नीतिको प्रारम्भिक ‘ड्राफ्ट’ तयार भएको छ । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले पहिलो चरणको नीति तय गरेको हो ।

यसलाई अझै विभिन्न चरणमा हेरिने छ । अनुसन्धान विभागले तयार गरेको प्रारम्भिक नीतिलाई अब राष्ट्र बैंकले अनौपचारिक बहस सुरु गर्दैछ । आएका सुझावहरुलाई समेत समेटेर अन्तिम मस्यौदा राष्ट्र बैंकले तयार गर्नेछ ।
आगामी आर्थिक वर्षको लागि आउने मौद्रिक नीतिले खुकुलो नीतिकै निरन्तरता लिनेछ ।

चालू आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा मौद्रिक नीतिले वस्तु आयातदेखि कर्जा प्रवाहसम्म निकै लचक नीति अपनाइसकेको छ । चालू पुँजीकर्जा नीति समेत संशोधन, कर्जाको जोखिमभारमा समेत धेरै लचक भएको छ ।
त्यसलाई नै निरन्तरता दिने दिने गरि र बजार चलायमान बनाउन प्रोस्ताहित हुने बुँदाहरु थप गरेर मौद्रिक नीतिको प्रारम्भिक मस्यौदा तयार पारिएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले समेत अर्थतन्त्र चलायमान हुन नसक्दा, आर्थिक सिथिलता, रिकभरीमा समस्या र व्यवसायीमा मनोवल घटेका बताउँदै आएका छन् । यसले खराब कर्जा बढेको धारणा समेत राख्दै आएका छन् ।

उनले आर्थिक स्थिरताका लागि राजनीतिक स्थिरता पनि आवश्यक हुने बताएका छन् । अन्य देशमा राजनीतिक स्थिरता भएकोले आर्थिक स्थायित्व हुन सकेको हो । नेपालमा राजनीतिक अस्थिरता हुँदा समस्या देखियो । बैंकको नाफा बढी भएको भन्दै बजारमा हल्ला भइरहेको बताए पनि ८ प्रतिशतको औसत नाफा बढी नभएको तर्क गभर्नरको छ ।

गभर्नरले आफै बैंक र बजारको विषयमा चिन्तिा देखिएकोले नयाँ नीति लचक हुने आँकलन छ ।
यो वर्ष साउनको सुरुकै दिनमा सार्वजनिक गर्ने गरि तयारी भैरहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स