नबिल बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने

काठमाडौं । नबिल बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ ।

बैंकले ३ अर्ब रुपैयाँ बराबरको नबिल डिबेञ्चर,२०८९’ नामक ऋणपत्र निष्काशनको माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको हो ।

८ वर्षे अवधिको उक्त ऋणपत्रमा ८ प्रतिशत ब्याजदर प्रदान गरिनेछ ।

ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ रहेको छ ।

बैंकले १ हजार रुपैयाँ अंकित दरका ३० लाख इकाई ऋणपत्र निष्कासन गर्नेछ । कुल इकाइमध्ये १८ लाख इकाइ व्यक्तिगत र बाँकी रहेको १२ लाख इकाइ भने आम सर्वसाधारणका लागि निष्कासन गरिनेछ ।

बैंकले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै असार १४ गते आवेदन दिएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स