एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । एनएमबि बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २२ हजार ७२७ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखिएको छ ।

बैंकले उक्त सेयर विद्यमान संस्थापक सेयरधनी र अन्य व्यक्ति,कम्पनी तथा संघ संस्थाका लागि लिलामीमार्फत बिक्रीमा राखेको हो ।

सेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले असार २३ गतेसम्म बिक्री प्रबन्धक एनएमबि क्यापिटलमा आईपुग्ने गरी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ । बोलपत्र आवेदन पेश गर्दा न्यूनतम २२ हजार ७२७ कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२० रुपैयाँ निर्धारण गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स